को हुन् प्रभु बैंकको २ लाख १३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका पाँच सेयरधनी ? « Arthapath.com
१६ असार २०८२, सोमबार

को हुन् प्रभु बैंकको २ लाख १३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका पाँच सेयरधनी ?



काठमाडौं । प्रभु बैंकका पाँच जना संस्थापक सेयरधनीहरुले सवा दुई लाख कित्ता बढी सेयर बिक्री गर्ने भएका छन् ।

बैंकले संस्थापक सेयरधनी सरस्वती श्रेष्ठको नाममा रहेको ६१ हजार ७६२ कित्ता, सरेश चन्द्र तायलको नाममा रहेको १ लाख २६ हजार ६०५ कित्ता, पुष्पा कुमारी मैनाली खरेलको ४ हजार ५८५ कित्ता, मनोज प्रधानाङ्गको १३ हजार ३०५ र कली खत्रीको नाममा रहेको ६ हजार ७९१ कित्ता गरि कुल २ लाख १३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन । सेयर खरिदका लागि संस्थापकहरुले आजैका मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आईपुग्ने गरि पेश गर्नुपर्नेछ ।

तोकिएको समयावधिमा विद्यमान सेयरधनीहरुले सेयर खरिदका लागि कुनै पनि आवेदन नदिएको खण्डमा प्रचलित कानून बमोजि अन्य बिक्री प्रक्रिया अघि बढाईने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्