३१ श्रावण २०८३, आइतबार

विद्यार्थीको माग सम्बोधनमा आरआर क्याम्पसको आनाकानी, प्रशासनको ज्यादति विरुद्ध विद्यार्थी आन्दोलित



काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा बीए प्रथम वर्षको प्रयोगात्मक परीक्षाको नतिजामा गयल देखाएपछि विद्यार्थीहरु रुष्ट बनेका छन् । विभिन्न ८ बुँदे माग सहित आज (बैशाख १५ गते) क्याम्पसमा पहिलो चरणको आन्दोलन गरेका हुन् ।

विद्यार्थीहरुले बिभिन्न मागसहित प्ले कार्ड लिदैं मौन धारणमा बसेर आन्दोलन गरेका हुन् । प्रयोगात्मक परीक्षा दिएर पनि गयल देखाएको गुनासो बोकेर क्याम्पसमा जाँदा कुनै सुनुवाइ नभएपछि आन्दोलनको चरण अगाडि बढाएको विद्यार्थीहरुको तर्क रहेको छ ।

यस अघि विद्यार्थी क्याम्पसमो लापरबाहीबाट विद्यार्थीहरु रुष्ट बन्दैं क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीलाई विद्यार्थीहरूले व्यङ्ग्य गर्दै फूलमाला लगाएर धन्यवाद दिएका थिए । आारआरमा पढ्ने ९० प्रतिशतभन्दा बढी विद्यार्थीको प्रयोगात्मकतर्फ नतिजा गयल देखिएको छ ।

विए प्रथम वर्षको परिक्षाको नतिजामा गडबढी भएको र परिक्षा लिएको कपि नै हराएको भन्दैं अग्रजि शिक्षक प्राध्यापक लोकनाथ कोइरालाको राजीनामा दिएका थिए । उनले आफुले विद्यार्थीहरुको मूल्याङनको सहि नम्बर क्याम्पस प्रशासनसँग बुझाउदा क्याम्पसले लापरबाही गर्दै शिक्षक कोइरालाले राजीनामा दिएका थिए । क्याम्पसमा मूल्याङन परीक्षा निकै लापबाही गर्दै आएको यस अघि पनि यस्ता समस्या आएका थिए ।

विद्यार्थीहरुले शिक्षकले राजीना दिदा खुलाएको कुरामा छानबिन गरी विद्यार्थीलाई आन्तरिक मुल्याङन दिन माग राख्दै विद्यार्थीहरुले ज्ञापन पत्र समेत बुझाएका छन् । आफुले राखेका माग सम्बोधन नभए क्याम्पसको विरुद्ध जस्तो सुकै कदम समेत चाल्ने विद्याथीहरुले चेतावानी दिएका छन् ।

अधिकांश विद्यार्थी यस्तो समस्या आएको र यसको समाधानका लागि क्याम्पस प्रमुखसँग गुनासो राखेको ३।४ दिन हुदाँ समेत कुनै माग सम्बोधन नगरेपछि आन्दोलन गर्नु परेको विद्यार्थी हर्क बोहराले बताए । उनले भने, “क्याम्पस प्रमुखको गैर जिम्मेवारी कार्यले गर्दा आज सायौ विधार्थीहरुको भविष्य खेडबाड भयो । यो समस्या त्तकाल सम्बधोन नभए हामी निरन्तर सघर्ष गरी रहन्छौं । क्याम्पसले हाम्रो माग सम्बोधन गर्ने आश्वासन दिएको छ सो अवधि भित्र माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलन गर्ने छौं ।”

क्याम्पस प्रशासन विद्यार्थी संगठनको आडमा बसेको हुदाँ यो कुरा विद्यार्थीहरुलाई मान्य नहुने विद्यार्थी अनिल बोहराले बताए । उनले भने, “विद्यार्थीले प्रयोगात्मक परीक्षा गयल आउँदा समेत यसमा विद्यार्थी संगठनले राजनितिकरण गर्ने खोजेको र यहि विद्यार्थीहरुको आडमा क्याम्पस प्रशासन चलेको छ । आफ्नो अधिकार प्राप्तिका लागि हामी आफै सक्षम छौं क्याम्पस प्रशासन कसैको सहयोगमा बच्छु भन्ने नसोचेपनि हुन्छ । हामी आफ्नो माग लगेर कुलपतिसम्म जान सक्ने हिक्मत राख्छौं ।”

अर्का विद्यार्थी शेखर रोकाय भने विद्यार्थीहरुलाई क्याम्पसले मनगणन्ते आश्वासन दिएको बताए । उनले भने, “विद्यार्थीले प्रयोगात्मक परीक्षमा गयल भयो भन्दै हामी बेला बेला प्रमुखसँग भेट्न गयौ । प्रमुख सरले बेवास्था गर्दै झुटा र बेइमानी आश्वासन दिने काम मात्र गर्यो । विद्यार्थीको कुरा बेवास्था गर्ने र विद्यार्थीका भविष्य माथि प्रश्न चिन्ह लगाउने कार्य हामीलाई मान्य हुने छैन । माग समाधान भएन भने हामी जस्तो सुकै कदम चाल्न सक्छौं ।”

विद्यार्थीहरु प्रयोगात्मक परीक्षा दिदा नतिजा नदिनु आफ्नो गल्ती भएको भन्दै क्याम्पसले २ दिन भित्र उक्त माग सम्बोधन गर्ने बतायो । तर यता, विद्यार्थी भने क्याम्पसले विद्यार्थीले दिएको परीक्षाको अभिलेख नै हराएको बताउदै आएका छन् । क्याम्पसले मनगणन्ते रुपमा नम्बर दिन भनेपछि अंग्रेजी शिक्षक कोइरालाले समेत राजीनामा दिएका हुन् ।