संसदीय विषयगत समितिहरु गठन (सूचीसहित)
काठमाडौं । संसदीय विषयगत समितिहरु गठन भएका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमार्फत सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन्।
मंसिर ४ मा सम्पन्न चुनावपछिको प्रतिनिधिसभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको थियो ।यसबीचमा प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको छ । पारित नियमावली अनुसार संसदीय विषगत समिति गठन भएको हो ।













