कुमारी बैंकको सेयर किन्ने होइन त ? प्रतिकित्ता ११९ रुपैयाँमा नै झण्डै १५ लाख कित्ता बिक्रीमा « Arthapath.com
१६ असार २०८२, सोमबार

कुमारी बैंकको सेयर किन्ने होइन त ? प्रतिकित्ता ११९ रुपैयाँमा नै झण्डै १५ लाख कित्ता बिक्रीमा



काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले मंगलबार (वैशाख १९ गते) देखि १४ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको हो ।

उक्त सेयरका लागि कम्पनीले न्यूनतम मूल्य ११९ रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयरमा संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि जेठ २३ गतेसम्म बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा आवेदन दिन सकिनेछ ।

कम्पनीको लिलामी सेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे प्रभु क्यापिटल, कमलादी काठमाडौंमा खोलिनेछ ।


प्रतिक्रिया दिनुहोस्