३१ श्रावण २०८३, आइतबार

एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको हो । यूएईले ६० रन बनाउदैं ५ विकेट गुमाइ सकेको छ ।

करण केसीले २ तथा सोमपाल कामी, ललित राजवंशी र नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकएक विकेट हात पारे ।