तपाईको खातामा ८.४२ प्रतिशत लाभांश जम्मा, आएन भने के गर्ने ?
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको लाभांश वितरण सुरु गरेको छ । कम्पनीले सम्बन्धित सेयरधनीहरुको खातामा नगद लाभांश वितरण सुरु गरेको हो ।
कम्पनीको फागुन ३ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले पारित गरेको ८.४२ प्रतिशत लाभांश वितरण गरेको हो । माघ १७ गतेसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक भएका सेयरधनीहरुको हकमा उक्त लाभांश रकम बैंक खातामा जम्मा गरेको हो ।
साथै, हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुले यथाशिघ्र अद्यावधिक गर्ने कम्पनीले भनेको छ ।












