८ श्रावण २०८३, शुक्रबार

तपाइलाई पर्यो त माई खोला हाइड्रोपावरको आईपीओ ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न भएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ४८ करोड ७ लाख ७५ हजार रुपैयाँको संकलन भएको थियो वैशाख १२ गतेसम्ममा १३ लाख ३१ हजार २३८ जना सर्वसाधारण आवेदकले १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ११।६६ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । जसमा १ लाख २६ हजार ९४१ जना आवेदकले १०।१० कित्ता पाएका छन् । जसमा १ जना भाग्यमानीले थप १ कित्ता गरी ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्न सकिनेछ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः  iporesult.cdsc.com.np/

बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइटः https://www.prabhucapital.com/

सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login

कम्पनीको बेवसाइटः https://maikholahydropower.com.np/


प्रतिक्रिया दिनुहोस्