कुमारी बैंकले माग्यो कर्मचारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले प्रमुख परिचालन अधिकारी माग गरेको हो ।
उक्त पदका लागि स्नातक उत्तिर्ण गरेको तथा अन्य कुनै बैक तथा वित्तीय संस्थामा कम्तिमा ५ वर्ष अनुभव भएको कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ ९ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
