नेपाल बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा « Arthapath.com
१६ असार २०८२, सोमबार

नेपाल बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा



काठमाडौं । नेपाल बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. १४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ ।

वैशाख २७ गते बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरेका छन् ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा सु–सम्पन्न भएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन प्रमुख अतिथी रहेर उद्घाटन समारोहमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, बागमती प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पा, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख बाबुराम काफ्ले, खुमलटार शाखाका शाखा प्रवन्धक जय प्रकाश यादव तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधारण नागरिकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि कृष्ण बहादुर अधिकारीले स्थानीय जनता तथा संघ संस्थाहरुको धेरै पहिले देखिको अनुरोधलाई मनन् गर्दै खुमलटार शाखा खोलिएको र ललितपुर महानगरपालिका वडा नं. १४, खुमलटार लगायत सम्पुर्ण ललितपुर महानगरपालिका बासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएको धारणा राखे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा रहेको ललितपुर महानगरपालिकामा नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडको खुमलटार शाखाको आगमनको संयोगले खुमलटार र सम्पुर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमङ्ग पलाएको र यसले महानगरपालिकाको वित्तीय पहुँच तथा आर्थिक वृद्धिमा कोसेढुङ्गाको भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको धारणा राख्य ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष अमृत जंग महतले स्थानीय स्तरमा बैंकहरुको कमी नभएको भए तापनि नेपाल बैंकको आगमनले स्थानीय स्तरमा बैंकिङ्ग क्षेत्रको विश्वसनियता अभिबृद्धि गर्न महत्वपुर्ण भूमिका खेल्ने बताउँदै नेपाल बैंकलाई वडाको तर्फबाट सम्पुर्ण सहयोग रहने धारणा व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका वैज्ञानिक डा. सुरेन्द्रलाल श्रेष्ठ, आरोही विद्याकुञ्ज मन्टेश्वरी स्कुलका सञ्चालक श्री खड्क बहादुर खरेल तथा पुर्ण म्युजियम रिर्सोट र पुर्ण उड कार्भिङ्ग, ललितपुरका सञ्चालक किरण कुमार स्थापितले नेपाल बैंकले खुमलटार क्षेत्रमा शाखा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै बैंक तथा व्यवसायीको आपसी सहकार्य अपरिहार्य रहेको र नेपाल बैंकसँग सम्बन्ध विस्तार तथा सहकार्य र सहयोगका लागि सदैव तयार रहेको धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, बागमती प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पाले स्वागत मन्तव्य दिनुभएको थियो भने बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकीले कार्यक्रम सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्