मासिक तलब १ लाख भन्दा बढी हुने गरी राष्ट्र बैंकले माग्यो कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै समस्याग्रस्त सुपर लघुवित्तको लागि संयोजक र सदस्य पदमा कर्मचारी माग गरेको हो ।
जसको लागि शौक्षिक योग्यता स्नातक र स्नातकोत्तर हासिल गरी बैंब तथा वित्तीय संस्थामा १० वर्ष अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
कम्पनीको मासिक तलब संयोजक पदको लागि १ लाख २५ हजार र सदस्यको लागि १ लाख ५ हजार रहेको छ । योग्यता पुगेका इच्छुक ब्याक्तिहरुले आवश्यक कागजात संकलन गरी जेठ १७ गते सम्म कार्यलय समयभित्र आवेदन दिन सक्नेछन् ।
