८ श्रावण २०८३, शुक्रबार

अन्तिम दिनसम्म सिटि होटलको आइपीओमा ९.४३ गुणा बढीको आवेदन



काठमाडौं । सिटि होटल लिमिटेडको आइपीओमा १ अर्ब २७ करोड ८८ लाख ९९ हजार रुपैयाँ संकलन भएको छ । आज अन्तिम दिन अर्थात बैशाख २८ गते साँझ ५ः४ बजेसम्ममा ११ लाख ६१ हजार २८० आवेदकबाट १ करोड २७ लाख ८८ हजार ९९० कित्ताका लागि आवेदन परेको हो । जुन माग भन्दा ९.४३ गुणा बढी परेको हो ।

कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा बैदेशीक रोजगारीमा गएका नेपाली कामदार निष्कासन गरेको आइपीओ बाँडफाँट समेत गरी सकेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत ९१६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो।

जस मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो । बाँकी ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर बिक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्