बैंकिङ कसूर मुद्दामा फरार भक्तपुरकी भावना श्रेष्ठ पक्राउ
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ४ ठेगाना भई भक्तपुर ठिमी नगरपालिका ४ बस्ने ४६ वर्षीया भावना श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २५ लाख ९० हजार रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर ठिमीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको छ ।













