एनआइसी एशिया बैंकको झण्डै साढे ३ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
१६ असार २०८२, सोमबार

एनआइसी एशिया बैंकको झण्डै साढे ३ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियामा बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ४५ हजार ६८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ३६५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी जेठ ९ गते दिउसो २ बजे भित्र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्