कुथेली बुखारी स्मल हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत प्राप्त गरेको हो ।
कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यमा २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते बोर्डबाट अनुमति पाएको हो । अब कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा रहेका नेपाली तथा दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ ।
। कम्पनीको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।













