८ श्रावण २०८३, शुक्रबार

सानिमा रिलायन्स लाइफको ४ करोड १८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ ।

नेप्सेमा साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड १८ लाख ४० हजार कित्ता सेयर सानिमा रिलायन्सको नाममा बिहीवार सूचीकृत भएको हो । कम्पनीको स्टक सिम्बोल एसआरएलआई रहेको छ ।

यी दुवै कम्पनी एक आपसमा मर्जर गर्दा १:१ अनुपातमा कायम हुन आएको सो बराबरको सेयर सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कम्पनीको सेयर नेप्सेमा कारोबार हुनेगरी फुकुवा भएको छ । दुवै कम्पनीको सेयर मर्जर प्रयोजनका लागि रोक्का भएको थियो ।

सूचीकृत सो सेयर अब आगामी आइतबारदेखि कारोबारमा आउने छ । मर्जरपछि बनेको कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ३९१ रुपैयाँ ८८ पैसा ओपनिङ रेञ्ज तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्