सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)
काठमाडौं । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न अहिले दुबै संसदको संयुक्त बैठक बसेको छ ।













