आगामी दुई वर्षभित्र कीर्तिपुर र मूलपानीमा रहेको क्रिकेट रंगशालाको स्तरोन्नति गरिने
काठमाडौं । आगामी दुई वर्षभित्र कीर्तिपुर र मूलपानीमा रहेको क्रिकेट रंगशालाको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
चितवनको भरतपुर, कैलालीको फ्पला, बैतडीको दशरथचन्द र मोरनको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण पक्रिया अगाडी बढाइने पनि भएको छ ।












