कृषि विकास बैंकको लाभांश सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा लाभांश जम्मा गरेको हो ।
कम्पनीको चैत १४ गते सम्पन्न भएको १६औं वार्षिक साधारण सभाबाट पारित भएको दुई प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई सेयरधनीहरुको डिम्याट खातामा जम्मा पठाएको हो ।
फागुन २९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धीत हितग्राही खातामा जम्मा गरेको हो । सोमिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः सेयर जम्मा हुने छ ।
हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाश्रिघ अभौतीकिकरण गर्ने भनेको हो ।