लगानीको अवसरः कुथेली बुखरी हाइड्रोपावरले जेठ १९ गतेदेखि आइपीओ जारी गर्ने, कति कित्ता आवेदन दिने ? « Arthapath.com
९ जेष्ठ २०८०, मंगलवार

लगानीको अवसरः कुथेली बुखरी हाइड्रोपावरले जेठ १९ गतेदेखि आइपीओ जारी गर्ने, कति कित्ता आवेदन दिने ?



काठमाडौं । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गर्ने लागेको हो ।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । उक्त आइपीओमा दोलखाको कालिंचोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरू) तथा भीमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरू) का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने आईपीओको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको छ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ कम्पनीले जनाएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा छिटोमा असार १ गतेसम्म र मागबमोजिम आवेदन नपरेमा ढिलोमा असार १७ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असार १ गतेभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्