सेयर बजारमा उकालो यात्राले पायो निरन्तरता, कारोबार १ अर्ब ८७ करोड « Arthapath.com
१० जेष्ठ २०८०, बुधबार

सेयर बजारमा उकालो यात्राले पायो निरन्तरता, कारोबार १ अर्ब ८७ करोड



काठमाडौं । साताको चौथो कारोबारको दिन समेत सेयर बजारमा उकालो यात्राले निरन्तरता पाएको छ । तेस्रो कारोबार दिन उचालिएको बजार आज पनि दोहोरो अकंको सुधार देखिएको हो ।

बैंकहरुले ब्याजदर घटाउने संकेत गरेपछि लगानीकर्ता पनि उत्साहित छन् । यद्यपि, मौद्रिक नीतिमा खास लगानीकर्ताहरुको माग भने सम्वोधन भएको छैन । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समिक्षा गर्दै पुँजी बजारको सेयर संरचनात्मक सुधार भन्ने मात्रै उल्लेख गरेको थियो ।

सोमबार बैंकर्स संघले ब्याजदर अझै घट्दैं जाने अभिव्यक्ति दिएको थियो । पछिल्लो समय ब्याजदर निरन्तर घटिरहेको र आगामी असार महिनाबाट थप घट्दै जाने बैंकरहरुका अभिव्यक्ति दिएका थिए । सोहि कारण सेयर बजारमा हरियाली छाएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १६.४९ अकंले बढेर १९५९.१२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ ।

आज ११ उपसूचकमा हरियाली छाएको छ । बुधबार फाइनान्स समूहको ०.४५ प्रतिशत, हाइड्रोपावर समूहको ०.३१ प्रतिशतले सेयर मूल्य घटेको हो ।

आज शिवम सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँ, नेशनल लाइफको ७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज आत्मनिर्भर लघुवित्त र युनिलिभर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्