२९ श्रावण २०८३, शुक्रबार

भोलि देशभर सार्वजनिक बिदा



काठमाडौं । भोलि अर्थात जेठ १५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जनआन्दोलन २०६२।६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

सोमबार सार्वजनिक बिदा परेसँगै बैंक तथा वित्तीय संस्था र सेयर बजार समेत बन्द हुनेछ ।