२९ श्रावण २०८३, शुक्रबार

कलाकार हरि सुनारलाई ‘दोस्रो राष्ट्रिय गण्डकी म्युजिक अवार्ड’



काठमाडौं । कलाकार हरि सुनारले ‘दोस्रो राष्ट्रिय गण्डकी म्युजिक अवार्ड २०८०’ हात पारेका छन् । गायक सुनारले सर्वोकृष्ट भाका विद्यामा सो अवार्ड जितेका हुन् ।

पुष्पाञ्जली स्टुडियोले कलाकारहरुको प्रोत्साहन र सम्मानका लागि विभिन्न विद्यामा अवार्ड प्रदान गरेको हो । सुनारले भने भाका तर्फको अवार्ड हात पारेका हुन् । उनलाई दुरी टाढाको बोलको गीतको भाकाबाट अवार्ड दिईएको पुष्पाञ्जली स्टुडियोले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणमा कार्यरत सुनार नेपाली मौलिक गीत रचना र गायनमा अब्बल मानिन्छन् । सरकारी सेवा रहेता पनि नेपाली लोक गीत संगीत क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ । प्रत्यक्ष दोहोरीमा विशेष दख्खल भएका सुनार मौलिक गीत सृजनामा विशेष जोड दिन्छन् ।

‘दुरी टाढाको’ बोलको गीत शव्द रचना तथा संगीत हरि सुनारको रहेको छ । सो गीतमा चर्चित कलाकार रेशम निर्दोश र सुनिता बुढाथोकीले आवाज दिएका छन् । यसको संगीत संयोजन भने कलकार तारानाथ आचार्यले गरेका हुन् ।

दुरी टाढाको म्युजिक भिडियोको मुख्य अभिनयमा भने सज्जन बोहोरा र जुना गुरुङलाई देख्न सकिन्छ । सो गीतको निर्देशन भने स्मृति तिमिल्सिनाले गरेकी छन् ।

यस्तो छ दुरी टाढाको गीतको भिडियो: