सरकारका ४४ मध्ये २५ संस्थान नाफामा

काठमाडौं । नेपाल सरकारको लगानीमा रहेका ४४ वटा सार्वजनिक संस्थाहरुमध्ये २५ नाफामा रहेका छन् । अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक सर्वेक्षण २०७९।०८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
गत असार मसान्तसम्म सरकारको सेयर तथा ऋण लगानी ६ खर्ब १८ अर्ब पुगेको छ । यो अवधिमा लगानीको १ प्रतिशत अर्थात ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको बताए ।
सार्वजनिक संस्थान कुल सञ्चालन आय ३६।२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७५ अर्ब पुगेको छ ।