८ श्रावण २०८३, शुक्रबार

घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । घोराही सिमेन्ट लिमिटेडले आइपीओमा आवेदन दिने आज (जेठ १७ गते) अन्तिम दिन रहेका छ ।

कम्पनीले वैशाख १९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गरेको हो । कम्पनीको आइपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा आजसम्म मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले ३ लाख ९७ हजार १९० कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो । साथै, ७ लाख ५४ हजार ६६१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्ने भएको छ । कम्पनीले न्यूनतम मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको दरले आइपीओ जारी गरेको छ ।

उक्त उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उप महानगरपालिका वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, दाङ जिल्ला, बंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाहरुको लागि छुट्याएको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ७ लाख ५४ हजार ६६१ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्