पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम नगरिए आन्दोलनमा उत्रिने चेतावनी « Arthapath.com
९ असार २०८२, सोमबार

पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम नगरिए आन्दोलनमा उत्रिने चेतावनी



काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न सरकारसँग माग गरेका छन् । बुधबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम गर्ने माग गरेका हुन् ।

अन्यथा सेयर बजारमा लगानी गर्ने लाखौं लगानीकर्ताहरु आन्दोलनमा उत्रन बाध्य हुने लगानीकर्ता संगठनले चेतावनी दिएको छ । लगानीकर्ताहरुले आर्थिक विधेयक २०८० को बुँदा नम्बर २९ मा भएको ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था’ कर विभागको २०७७ असार ५ गतेको पत्र विपरीत रहेको उनीहरुको भनाई रहेको छ ।

विगत लामो समयदेखि लगानीकर्ताले उठाउँदै आएको पूँजीगत लाभकरलाई अन्तिम घोषणा गर्नुपर्ने मागलाई अबमूल्यन गर्दै सरकारले यस वर्षको बजेटमा करका सम्बन्धमा गरेको व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएकोजनाएको छ ।


प्रतिक्रिया दिनुहोस्