सनराइजसँग मर्जर जाने प्रस्ताव पारित गर्ने लक्ष्मी बैंकले बोलायो विशेष साधारण सभा

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले विशेष साधारण सभा असार ३ गतेका लागि बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ । मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्ने सभाको कार्य सूचीमा समावेश भइको छ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ २६ गते बुक क्लोज गर्ने भएको हुदाँ जेठ २५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।