थ्रीस्टार हाईड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा
काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आइपीओ बाँडफाँट भएको हो ।
कम्पनीले वैशाख ११ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता आईपीओ विक्री खुला गरेको थियो । आवेदन दिने ७ हजार ३८७ जना आवेदकलाई माग बमोजिमको सम्पूर्ण कित्ता जेठ १६ गते बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओ सिडिएसले संचालन गरेको बेवसाइट iporesult.cdsc.com.np/ तथा बिक्री प्रबन्धकको बेवसाइट https://himalayancapital.com/ बाट हेर्ने सकिनेछ ।













