बुधबार कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८३ अकंले घटेर ३८.८३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।
बुधबार प्रभु बैंकको प्रोमोटर सेयरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ३४ करोड २८ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।
साथै, शिवम सिमेन्टको ११ करोड ६५ लाख रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकको ६ करोड ५१ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ६ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
