लगानीकर्ताको आन्दोलनलाई झड्का, सेयर कारोबार सुरु « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

लगानीकर्ताको आन्दोलनलाई झड्का, सेयर कारोबार सुरु



काठमाडौं । आन्दोलनमा रहेका लगानीकर्तालाई झड्का लागेको छ । उनीहरुले आज बिहानदेखि नै ब्रोकर कार्यालय बन्द गरेपनि कारोबार भने सुरु भएको हो ।

केहि मिनेट ढिलो गरी कारोबार खुलेको हो । यद्यापी प्रि ओपन सेसनमा भने सेयर कारोबार हुन सकेको थिएन ।

लगानीकर्ताको आन्दोलन असफल भएको छ । लगानीकर्ताले आज बिहान ब्रोकर कार्यालमा ताला लगाई टिएमएस बन्द कार्यक्रम जारी छ लेखेको पर्चा टासेका छन् । उनीहरुले खोल्ने प्रयास भएमा सम्बन्धित पक्षले हुने हानी ब्यर्हानर्स पर्नेछ भनि उल्लेख उक्त पर्चामा गरेको हुन् ।

यो समचार तयार पार्दासम्म (११ः२५ बजेसम्म) नेप्से १.७८ अकंले बढेको छ । कारोबार भने ६० हजार ७२५ रुपैयाँ पुगेको छ ।

लगानीकर्ता अहिले अर्थमन्त्रालयसँग छलफलमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्