पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम भएपछि सेयर बजारमा छलाङ

काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्ने भएपछि लगानीकर्ता उत्साहित बनेका छन् ।
लगानीकर्ता र अर्थमन्त्रालयबीच व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम गर्ने सहमति भए पश्चात बजारमा छलाङ आएको हो ।
बजेट सार्वजनिक यता लगानीकर्ता निरन्तर आन्दोलनमा रहेका थिए । आज लगानीकर्ताको आन्दोलन सफल भएको हो ।
सेयर बजार ४७.९३ अकंले बढेर १९१४.२७ बिन्दुमा पुगेको छ । सो समाचार तयार पार्दासम्म (१२ः१९बजे) सम्म ३ लाख ९० हजार १८० कित्ता सेयर किनबेच हुदाँ १४ करोड ८० लाख १ हजार ६४७ रुपैयाँ पुगेको छ ।