नेप्सेमा एक लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीकोे १३.५७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ८१९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९३१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो ।