सोमबार यी पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अकंले घटेर १९०१.९९ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको १९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, आइजिआई प्रुडेन्सियलको ९ करोड ९८ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ९ करोड १९ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।
