कुन कम्पनीका लगानीकर्ताले आज कति गुमाए ?

काठमाडौं । सेयर बजार आज दोहोरो अकंले ओरालो लागेको छ । बजार १७.३८ अकंले ओरालो लाग्दा १ अर्ब ९७ करोडको कारोबार भएको छ ।
सोमबार शिवम सिमन्टका लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर ४.५० प्रतिशतले घटेको छ ।
साथै, जोशि हाइड्रोपावरको ४.३४ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ४.३० प्रतिशत र कालिका लघुवित्तको ४.१७ प्रतिशतले सेयर मूल्य घटेको छ ।
