नेप्सेमा प्रभु स्मार्ट फण्डको १० करोड इकाई सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु स्मार्ट फण्डको इकाई सूचीकृत भएको छ । मंगलवार फण्डको १० करोड इकाई सूचीकृत भएको हो ।
फण्डको स्टक सिम्बोल बीआरएसएफ रहेको छ । जेठ २३ गते नेपाल स्टक एक्सचेन्ज र कम्पनीबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै फण्डको कारोबार बुधवारदेखि हुनेछ ।














