ग्लोबल आइएमई बैंकले २० वटा एटीएम बिक्री गर्दै, ७ दिने बोलपत्र आव्हान
कठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पुराना एटीएमहरु बिक्री गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २० वटा एटीएम बिक्रीका लागि ७ दिने बोलपत्र आव्हान गरेको हो ।
उक्त एटीएम खरिद गर्न इच्छुक ब्यक्ति/फर्म/कम्पनी तथा संघहरुले जेठ २९ गते भित्र बोलपत्र पेश गर्ने सक्नेछन् ।














