सेयर बजारमा दोहोरो अकंको सुधार, कारोबार रकम झण्डै २ अर्ब
काठमाडौं । सेयर बजारमा आज सुधार आएको छ । हिजो दोहोरो अकंले घटेको बजार आज भने सुधार देखिएको हो ।
पूँजी बजारमा लाग्ने कर विवाद समाधान हुनु, अर्थमन्त्री लगायत गर्भनरले असारदेखि ब्याजदर अझै घट्ने आश्वासन दिनुले बजार सुधार तिर लम्किएको जानकार बताउछन् ।
सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन १५ गतेभित्र नै ल्याउने तयारी रहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा गर्भनर अधिकारीकले यस्तो बताएका हुन् ।
उनले आगामी साउन १५ सम्म ल्याईसक्ने मौद्रिक नीतिले पनि ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पछ्याउने बताए । सोहि कारण समेत सेयर बजारमा सकरात्मक प्रभाव परेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले पनि सेयर बजार सम्बन्धी नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गर्ने आश्वासन दिए सँगै लगानीकर्ता उत्साहित बनेका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज –नेप्से) २५.६६ अकंले बढेर १९२७.६५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार १३ उपसूचक नै हरियाली बनेका छन् । आज बैंकिङ समूहको ०.१५ प्रतिशत, विकास बैंक समूहको ०.८० प्रतिशत, फाइनान्स समूहको १.१८ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.६७ प्रतिशत, हाईड्रोपावर समूहको ३.१५ प्रतिशतले सेयर मूल्यबढेको छ ।

मंगलबार सोल्टी होटलको ९ करोड ६८ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड १७ लाख रुपैयाँ, अपर तामाकोशि हाइड्रोपावरको ८ करोड रुपैयाँको कारोबार भएको छ ।














