‘सुदूरपश्चिमका जनताहरुको स्वास्थ्य माथि खेलवाड तथा अपहेलना’ « Arthapath.com
२२ असार २०८३, सोमबार

‘सुदूरपश्चिमका जनताहरुको स्वास्थ्य माथि खेलवाड तथा अपहेलना’



काठमाडौं । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने सरकारको आनाकानी पछि जनसमुदाय आन्दोलिन भएका छन् । संघर्ष समिति नै गठन गरी अहिले जनसमुदाय आन्दोलित भएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा मन्त्रिपरिषदबाट निर्णय गरेर नीति तथा कार्यक्रमबाट पारित गरेको विश्वविद्यालय हटाएर एक सय शैयाको मात्रै अस्पताल सञ्चालन गरेर प्रतिष्ठान बनाउने बजेट भाषणमा उल्लेख गरेसँगै आन्दोलन सुरु भएको हो ।

संघर्ष समितिले भोलि (जेठ २५ गते) बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म गोदावरी नगर क्षेत्र बन्द गर्ने घोषणा गरेको छ । सर्घष समितिले केहि दिन यता निरन्तर आन्दोलनमा रहेको छ ।

सुदूरपश्चिमका जनताहरुको स्वास्थ्य माथि खेलवाड तथा अपहेलना हुने गरी बजेट मार्फत गरिएको घोषणा हामीलाई कुनै हालतमा मान्य हुने सघर्ष समितिको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्