युनिक नेपाल लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुने, साढे १३ लाख आवेदकको हात रित्तो

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार भोलि अर्थात जेठ २५ गते बिहान ९ बजे आफ्नै कार्यलयमा बाँडफाँट गर्ने तयारी रहेको छ ।
कम्पनीको एफपीओमा १ अर्ब ६३ करोड ३ लाख २ हजार रुपैयाँ संकलन भएको थियो । अन्तिम दिनसम्म १४ लाख ४ हजार ७ आवेदनबाट १ करोड ६३ लाख ३ हजार २० कित्ताका लागि आवेदन परेको थियो । जुन माग भन्दा ४२।९६ गुणा बढी थियो ।
कम्पनीको एफपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट हुने छ । जससमा ३७ हजार ९४२ जनाले एफपीओ हात पार्ने छन् भने साढे १३ लाख भन्दा बढीको हात रित्तो हुने भएको छ ।
कम्पनीले जेठ ११ गतेदेखि जेठ ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको थियो ।