युनिक नेपालको सेयरमा सर्किट, अन्य कुन-कुन कम्पनीको सेयर बढ्यो ?

काठमाडौं । सेयर बजार आज झिनो अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६८ अकंले बढेर १९३२.३३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको कारोबार भएको छ ।
यूनिक नेपाल लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर १२३ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ३५३ रुपैयाँ पुगेको छ ।
साथै, खप्तड लघुवित्तको ८.०२ प्रतिशत, स्वाबलम्बन लघुवित्तको ५.९६ प्रतिशतको सेयर बढेको छ।
