बुधबार यी चार कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
९ असार २०८२, सोमबार

बुधबार यी चार कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६८ अकंले बढेर १९३२.३३ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको कारोबार भएको छ ।

आज सोल्टी होटलको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, शिवम सिमेन्टको ८ करोड ९७ लाख रुपैैयाँ, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ६ करोड ९० लाख रुपैयाँ र नेपाल टेलिकमको ६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्