यस्ता छन् धितोपत्र बोर्डका आगामी १३ वटा लक्ष्य तथा प्राथमिकता « Arthapath.com
९ असार २०८२, सोमबार

यस्ता छन् धितोपत्र बोर्डका आगामी १३ वटा लक्ष्य तथा प्राथमिकता



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३१औं वार्षिकोत्सव मनाएको छ । बोर्डले वार्षिकोत्सवको अवसरमा आगामि लक्ष्य तथा प्राथमिकता सार्वजनिक गरेको छ ।

धितापत्र बजार र बस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वनीय, स्वच्थ पारदर्शी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने बोर्डले लक्ष्य रहेको छ ।

यस्ता छन् बोर्डका लक्ष्य तथा प्राथमिकताः

(१) धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी IOSCO को मापदण्ड अनुरूपको बनाउँदै लैजाने,

(२) लगानीकर्ताहरूको हक हित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई कारवाहीको दायरमा ल्याउने,

(३) बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्ने,

(४) विश्वस्तरीय प्रविधि एवं प्रविधि संचालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई Artificial Intelligence मा आधारित Regtech मार्फत चुस्त दुरुस्त बनाई बजारमा चलखेल एवं अनुचित कृयाकलापलाई निरुत्साहन गर्ने,

(५) बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेश भएका निवेदनहरूलाई merit Based file Approval System का आधारमा प्रकृया अगाडि बढाउने,

(६) बुक बिल्डिंग प्रणाली दिगो एवं पारदर्शी रूपमा संचालनमा ल्याउनका लागि अन्तर राष्ट्रियरूपमा प्रयोगमा रहेको Automated Electronic Auction System तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्रयाउने,

(७) सार्वजनिक निष्काशनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी ठुला ठुला Utility Companies र व्यवसायिकरूपमा सफल तथा स्थापित अन्य कम्पनीहरूलाई धितोपत्र बजारमा सूचीकरण गराई सोमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने,

(८) पर्याप्त पुँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राईभेट इक्विटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यवसयिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरी समुन्नतिको दायरमा बढाउने,

(९) साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक कानुनीक व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आवद्ध गर्ने,

(१०) वस्तु विनिमय बजार संचालन व्यवस्था मिलाउने,

(११) बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने,

(१२) बजार सहभागीहरूको व्यवसायिक तथा कार्य क्षेत्र एवं स्तर अभिवृद्धि गर्ने,


प्रतिक्रिया दिनुहोस्