एक वर्षको अवधिमा धितोपत्र बोर्डले के के काम गर्यो ? (सूचीसहित) « Arthapath.com
९ असार २०८२, सोमबार

एक वर्षको अवधिमा धितोपत्र बोर्डले के के काम गर्यो ? (सूचीसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो ३१औ वार्षिकोत्सवको अवसरमा पछिल्लो एक वर्षमा भए गरेका कार्यहरु सार्वजनिक गरेको छ । लगानीकर्ताहरूलाई धितोपत्र बजार सम्बन्धी गुणस्तरीय सेवा सहज र सुलभरूपमा उपलब्ध हुने वातावरण बनाउने बोर्डबाट गरिने कार्य सार्वजनिक भएका हुन् ।

यस्ता छन् बोर्डले एक वर्षमा गरेका विकास सुधार कार्यः

+वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षण व्यवस्था भएको छ । साथै नियममा भएको संशोधन अनुरुप देशको शोधनान्तर स्थिति सबल बनाउँदै विदेशबाट विप्रेषण औपचारिक वा वैधानिक माध्यमबाट भित्र्याउनलाई प्रोत्साहन तथा सहयोग भई समग्र अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ । बोर्डबाट सार्वजनिक निष्काशनमा वैदेशिक रोजगारी गएका नेपालीहरूलाई आरक्षण गर्ने नीति कार्यान्वयनमा ल्याउने क्रममा हालसम्म २४ वटा कम्पनीलाई ४७ लाख २६ हजार ४ सय २४ कित्ता सेयर रू ७२ करोड ५३ लाख ५३ हजार ८ सय ३५ रकम बराबरको सेयर आरक्षण गरी निष्काशन गर्न सक्ने गरी अनुमति प्रदान गरिएको छ ।

+धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति तथा अर्थतन्त्रमा रहेका स्थापित बास्तविक क्षेत्रका संगठित संस्थालाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पुँजी निर्माण र परिचालनलाई सहजीकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार संचालन गर्न अनुमतिपत्र प्रदान गरी धितोपत्र बजारको सेवालाई विश्वसनीय तथा गुणस्तरीय प्रतिष्पर्धी हुने गरी विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न बोर्डबाट विद्यमान धितोपत्र बजार संचालन नियमावली, २०६४ मा दोस्रो संशोधन नेपाल सरकारबाट स्वीकृत भएकोमा बोर्डबाट लागू गरिएको छ ।

+वस्तु विनिमय बजारको संचालन सँगै नेपालको कृषि उपजको करार बनाई कारोबार हुने अवस्था सृजना हुँदा उद्यमी, व्यवसायी तथा उपभोक्ताहरूलाई Price Discovery मा सहयोग पुग्नुका साथै सरकारको राजस्व बृद्धिका लागि नयाँ क्षेत्र थप हुने, वस्तु उत्पादकलाई बजारसम्म पहुँच पुरÞ्याउन, वस्तुको मूल्य आविष्कारमा सघाउन र मूल्य स्थिरता कायम गर्न, लगानीकर्ताहरूलाई लगानीको वैकल्पिक उपकरण प्रदान गर्ने लगायतका उद्देश्यले लगानीकर्ता मैत्री, प्रतिस्पर्धात्मक एवं अन्तार्राष्ट्रियस्तरको प्रविधि र क्षमतायुक्त वस्तु विनिमय बजार सञ्चालन गर्न आवश्यक भएको सन्र्दभमा मुलुकको अर्थतन्त्र, औद्योगिक व्यवसायको विकास, वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षण समेतलाई दृष्टिगत गरी हाललाई दुईवटा वस्तु विनिमय बजार सञ्चालन गर्न । सर्वोच्च अदालतमा रिट निवेदन दायर भई अन्तरकालीन आदेश बमोजिम अनुमतिपत्र प्रकृया स्थगन गरिएकोमा सर्वोच्च अदालबाट उक्त रिट खारेज भई बोर्डबाट पूनःसूचना प्रकाशन गरि चार वटा कम्पनीले पूर्व स्वीकृतिका आवेदन प्राप्त पेश गरेको छन् ।

+धितोपत्र दलाल व्यवसायको अनुमतिपत्र प्रदान गर्दा Quota System मार्फत गरिदै आएकोमा यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न वित्तीय रूपमा सवल निश्चित मापदण्ड पुर्याएका संस्था तथा कम्पनीलाई निश्चित समयावधि भित्र अनिवार्य अनुमतिपत्र दिने व्यवस्थासहित खुला प्रवेश तथा बर्हिगमन हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) नियमावली, २०६४ मा चौथो तथा पाँचौ संशोधन गरी लागू गरिएको छ ।

+बोर्डले प्राइभेट इक्विटी, भेञ्चर फण्ड र हेज फण्ड जस्ता विशिष्ट प्रकृतिका संस्थाहरूलाई धितोपत्र बजारमा प्रवेश गराई स्वदेशी तथा विदेशी पुँजी परिचालन गर्ने कार्यको नियमन गर्न मिति २०७५ फागुन २२ गते देखि विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू गरिएको थियो । विशिष्टीकृत कोष व्यवस्थापकको कार्य संचालन गर्ने बाटो खुली बजारको थप बिकास तथा बिस्तार भई घितोबिना New ideas and SMEs हरूका लागि पुँजी प्राप्त भई नवीनतम ज्ञान, सीप ÷ क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसाय विस्तार हुने वातावरण तयार भएको छ । भेन्चर क्यापिटल तथा प्राईभेट इक्विटी फण्ड परिचालन गर्न कोष व्यवस्थापकको अनुमतिपत्रका लागि बाह्र वटा कम्पनीहरूलाई भेञ्चर क्यापिटल तथा प्राईभेट इक्विटीको कोष व्यवस्थापककको अनुमति प्रदान गरिएको छ । बोर्डबाट अनुमतिपत्र प्रदान भएसँगै विशिष्टीकृत कोष व्यवस्थापकबाट प्राप्त योजना मध्ये रू. ५ अर्बको योजना संचालनका लागि स्वीकृति प्रदान गरिएसँगै नेपाल औपचारिक रूपमा विशिष्टीकृत लगानी योजनाको शुरूवात भएको छ ।

+धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था सहित संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिकामा उल्लेख भए बमोजिम हुने व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था २०७९ कात्तिक २४ गते देखि लागू हुने गरी स्वीकृत गरिएको छ ।

+धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिने लगानीकर्ताको संख्या बढेको तथा लगानीकर्ताबाट समेत सार्वजनिक निष्काशनमा लाग्ने लागत बढि भएकोले सोमा परिमार्जन गर्न सुझाव प्राप्त भएको सन्र्दभमा धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीमा लाग्ने लागतलाई लगानीकर्ता मैत्री बनाउँदै यस प्रक्रियामा लाग्ने सेवा शुल्कलाई समसामयिक बनाउन आवश्यक रहेकोले बोर्डले तेस्रो संशोधन गरि लागु लागु गरेको छ । बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद .सम्बन्धी सुविधा उपलब्ध गराए बापत लिने सेवा शुल्कमा ९५ प्रतिशत, बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रवन्धकलाई बुझाउनु पर्नेमा शुल्कमा ८० प्रतिशत तथा धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराए बापत लिने सेवा शुल्कमा ५० प्रतिशत घटाईको ।

+लगानीकर्ताहरूले विकसित बजार उपलब्ध भएका विशेषता तथा सुविधा सहितको सेवा प्रदान गर्न सक्ने गरी नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुने गरी कारोबार व्यवस्थापन प्रणाली स्थापना गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गर्न स्वीकृति प्रदान गरी २०७९ वैशाख १६ देखि लागू गरेको छ ।

+धितोपत्र बजारमा अस्वभाविक माग तथा आपूर्ति सिर्जना गरी धितोपत्रको मूल्यमा चलखेल हुन सक्ने भनी लगानीकर्ताबाट बोर्ड समक्ष गुनासो प्राप्त भए पश्चात् यसअघि खरिद आदेशतर्फ ब्इल् हटाइएकोमा बिक्री आदेशतर्फ समेत अस्वभाविक आपूर्ति प्रविष्ट गरी मूल्यमा चलखेल हुन सक्ने भएकोले खरिद तथा बिक्री आदेश दुवैतर्फ एउटै व्यवस्था हुनुपर्ने लगानीकर्ताको सुझाव बमोजिम धितोपत्रको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई रोकथाम गर्न र लगानीकर्तालाई बजारको माग तथा आपूर्तिको यथार्थ जानकारी दिने उद्देश्यले धितोपत्रको कारोवारमा खरिद तथा बिक्री दुवैमा ब्इल् सम्बन्धी व्यवस्था हटाउन नेप्सेलाई मिति २०७९ असार ७ मा निर्देशन दिई सो व्यवस्था लागू भैसकेको छ ।

+बोर्डले वित्तीय साक्षरता, धितोपत्र बजार शिक्षा तथा सचेतनासम्बन्धमा विभिन्न प्रकाशन, रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम तथा देशका विभिन्न स्थानहरुमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्