नेप्सेमा सिटि होटलको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ? « Arthapath.com
९ असार २०८२, सोमबार

नेप्सेमा सिटि होटलको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहिबार सिटि होटल लिमिटेडको आइपीओ सूचीकृत भएको हो ।

कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता आइपीओ सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण सर्वसाधारण, बैदेशिक रोजारगारीमा गएका नेपाली, कर्मचारीहरु र सामुहिक लगानी कोषको लागि निष्कासन गरेको कुल १६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड ५० लाख ६६ हजार कित्ता गरेर कुल १ करोड ६७ लाख ४० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

अव यो होटलको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवार देखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि प्रतिकित्ता ८७ रुपैयाँ ८३ देखि २६३ रुपैयाँ ४९ पैसा ओपन रेञ्ज तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्