धितोपत्र बजारमा कुनको हिस्सा कति ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

धितोपत्र बजारमा कुनको हिस्सा कति ?



काठमाडौं । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६४.३ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखाएको हो ।

त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १३.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० बैशाख मसान्तमा सूचीकृत ७ अर्ब २४ करोड शेयरको चुक्ता मूल्य रु.७१३ अर्ब ८७ करोड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्