७५२ स्थानीय तहमा पुग्यो वाणिज्य बैंकहरुका शाखा « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

७५२ स्थानीय तहमा पुग्यो वाणिज्य बैंकहरुका शाखा



काठमाडौं । कुल ७५३ स्थानीय तहमध्ये वैशाखसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखाएको हो ।

२०७९ वैशाखसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० वैशाख मसान्तमा ११९ रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११,५२८ रहेकोमा २०८० वैशाख मसान्तमा ११,५६९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्