दुई कम्पनीको सेयरमा सर्किट, २३७ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । सेयर बजारले गति लिएसँगै लगानीकर्तामा उत्साह छाएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.४८ अकंले बढेर १९८०.०९ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको कारोबार भएको छ ।
आइतबार भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनी र सिटि होटलको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
साथै, गुहेश्वरी मर्चेन्टको ८.७० प्रतिशत, रिलायन्स फाइनान्सको ८.३६ प्रतिशत र नागरिक लगानी कोष ८.३१ प्रतिशतले बढेको छ ।


