नागरिक लगानी कोषको सेयरमा लगानीकर्ता झुम्मिए, यी १७ कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
८ असार २०८२, आईतबार

नागरिक लगानी कोषको सेयरमा लगानीकर्ता झुम्मिए, यी १७ कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । लामो समय पछि सेयर बजारमा कारोबार झण्डै साढे ३ अर्ब पुगेको छ । सेयर बजारमा उच्च सुधार आउँदा कारोबार रकममा समेत सुधार आएको हो ।

नेप्से ४०.४८ अकंले बढेको छ । आज ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नागरिक लगानी कोषको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको सेयर ११ करोड ४७ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, शिवम सिमेन्टको १० करोड ८७ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड ६८ ला रुपैयाँ, नेपाल टेलिकमको ८ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्