राष्ट्रिय वाणिज्य बैंकले ग्राहक ठगिको विषयमा यस्तो निकाल्यो सूचना !

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैंकको नामबाट ठगि भइरहेको भन्दै सचेत हुन अनुरोध गरेको छ ।
बैंकले एक सूचना प्रकाशित गर्दै विगत केहि सयम देखि अनाधिकृत ब्यक्तिहरुले बैंकको कर्मचारी भएको बहाना बनाउदै ग्राहकहरुलाई बैंकको केवाईसी अपडेड गर्नु पर्ने भन्दै ओटिपी मागेको जनाएको हो ।
ग्राहकहरुबाट ओपिटी प्राप्त पछि बैंङक, इन्टेरनेट बैंकिङ, कनेक्ट आइपीएस, वालेट जस्ता उपकरणहरुको पासवर्ड परिवर्तन गर्ने गरेको बैंकले जनाएको छ । बैकले आफ्ना ग्राहकहरुलाई इमेल वा फोन मार्फत ग्राहकको ओटिपी वा अन्य गोप्य राख्ने कुरा नसोध्ने भनेको छ ।
