८ श्रावण २०८३, शुक्रबार

५० हजार कित्ता भर्न पाइने थ्रीस्टार हाईड्रोपावरको आइपीओ असार ५ गतेदेखि बिक्रीमा



काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि असार ५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो ।

यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले कुल कित्ता आईपीओमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषमा र १४ हजार ७७५ कित्ता आईपीओ कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्रीमा ल्याउने भएको हो ।

लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा छिटोमा असार ८ गते र सो अवधिमा माग बमोजिम नपरेको खण्डमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्