सानिमा बैंकद्धारा अनलाइन ठगिबाट सचेत हुन ग्राहकहरुलाई आग्रह

काठमाडौं । सानिमा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रयोकर्तालाई सचेत भएर कारोबार गर्ने अनुरोध गरेको छ ।
पछिल्लो समय बैंकको कर्मचारी भएको भन्दै ग्राहकहरुसँग केवाइसी अपडेट गर्नु पर्ने लगायतका अनेक कुरा गर्दै ओटिपि माग गरी ठगि कार्य भइरहेको हुदाँ सचेत हुन बैंकले भनेको हो ।
बैंकले अरुले सजिलै अनुमान गर्ने सक्ने पासवर्ड नराख्न र बेला बेला पासवर्ड परिवर्तन गरी रहन ग्राहकहरुलाई अनुरोध गरेको छ ।
